काठमाडौं । २०७९ साल मंसिरमा सपन्न भएको प्रतिनिधिसभाको निर्वचनबाट निर्वाचित १६५ सदस्यको चयन एकल–मतदान निर्वाचन क्षेत्रबाट प्रत्यक्ष निर्वाचन प्रणालीमार्फत र बाँकी ११० सदस्यको चयन एक राष्ट्रव्यापी निर्वाचन क्षेत्रबाट बन्द सूचीको समानुपातिक निर्वाचन प्रणालीबाट गरी कुल २७५ जना रहने कानूनी व्यवस्था रहेको छ ।
नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालको सांसद पद निलम्बनमा परेको छ । उनी रौतहट–१ बाट निर्वाचित सांसद हुन् । पतञ्जलीको जग्गा सट्टापट्टा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विहीबार नेपालविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेपछि उनको सांसद पद स्वतः निलम्बनमा परेको हो ।
नेपाली कांग्रेसका सांसद मोहनबहादुर बस्नेतको सांसद पद पनि निलम्बनमा छ । उनी सिन्धुपाल्चोक–२ का प्रतिनिधि सभा सदस्य हुन्। उनीविरूद्ध पनि अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको छ। टेरामक्स प्रकरणमा गत जेठ १ गते उनीमाथि मुद्दा दर्ता भएक सगै उनको सांसद पद निलम्बन परेको हो।
चितवन–२ बाट प्रतिनिधि सभामा निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वा) का सभापति रवि लामिछानेको पनी निलम्बनमा छन् । सम्पति शुद्धीकरणको मुद्दा दर्ता भएसँगै उनी निलम्बनमा परेका हुन् । लामिछाने ८ पुस २०८१ देखि निलम्बनमा छन् ।
नेकपा (एमाले) का सचिव अर्घाखाँचीबाट प्रतिनिधि सभामा निर्वाचित टोपबहादुर रायमाझीको सांसद पनि निलम्बनमा छ। नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका रायमाझी २०८० असार १ गते पुर्पक्षका लागि जेल चलान भएसँगै सांसद पद निलम्बनमा परेको हुन् ।
राप्रपाकी समानुपातिक सांसद गीता बस्नेत फरार भने छिन्। बस्नेतविरुद्ध १४ वैशाख २०८१ मा पक्राउ पुर्जी जारी भएको थियो ।सहकारी ठगी प्रकरणमा पक्राउ पुर्जी जारीपछि उनी सम्पर्कविहीन बनेकी हुन्।
रुपन्देही निर्वाचन क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभा सदस्य दीपक बोहराको यही चैत्र १९ निधन भएपछि उक्त पद रिक्त रहेको जानकारी गराइएको छ । संघीय संसदले बिहीबार उक्त पद रिक्त रहेको जानकारी गराएको हो ।
भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसार उनको सांसद पद निलम्बन गरेको हो। उक्त ऐनको दफा ३३ मा यससम्बन्धी व्यवस्था छ। दफा ३३ मा कुनै राष्ट्रसेवकविरूद्ध मुद्दा दर्ता भएमा र सो मुद्दाको किनारा नभएसम्म स्वतः निलम्बनमा रहने प्रबन्ध छ।





























प्रतिक्रिया