अध्यक्ष नेपालविरुद्ध भ्रष्टाचार मुद्धा दर्ता भएसँगै छलफलमा जुटे नेताहरू

अध्यक्ष नेपालविरुद्ध भ्रष्टाचार मुद्धा दर्ता भएसँगै छलफलमा जुटे नेताहरू

केन्द्रबिन्दु
36
Shares

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष नेपालविरुद्ध भ्रष्टाचार मुद्धा दर्ता भएसँगै पार्टीका शीर्ष नेताहरू छलफलमा जुटेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दर्ता गरेसँगै आजै अध्यक्ष नेपाल रौतहटबाट काठमाडौं फर्किएका छन् । अहिले पार्टी केन्द्रीय कार्यालय, आलोकनगरमा बैठक जारी छ ।

पतञ्जली योग पीठ तथा आयूर्वेद कम्पनी नेपालको जग्गा प्रकरण सम्बन्धमा पूर्वप्रधानमन्त्री नेपालसहित ९३ जनाविरुद्ध विशेष अदालतमा आज आरोप पत्र दायर भएकाे हाे । सो आरोपपत्र दायर भएसँगै अध्यक्ष नेपालको सांसद पद स्वतः निलम्बन भएको छ । भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसार फौज्दारी र भ्रष्टाचारसम्बन्धी मुद्दा दायर भएसँगै सार्वजनिक ओहोदाका व्यक्तिको सार्वजनिक पद स्वतः निलम्बन हुने प्रावधान छ । उनी सङ्घीय संसद्अन्तर्गत रौतहट जिल्लाको प्रतिनिधिसभा क्षेत्र नं १ बाट निर्वाचित सांसद हुन् ।

काभ्रेपलाञ्चोकको नासिकास्थान साँगा, महेन्द्रज्योतिमा कम्पनी सञ्चालनको लागि हदबन्दीभन्दा बढी जग्गा खरिद गरेको तथा उक्त जग्गा कम मूल्यमा किनेर बढी मूल्यमा बेचबिखन गरेको अभियोगमा आयोगले उनीहरूविरुद्ध मुद्दा दायर गरेको हो ।

Skip This
Skip This
Logo