मोरङ
मोरङमा एकजना पूर्व सांसदले आत्महत्या गरेका छन् । बेलबारी नगरपालिका वडा नं २ निवासी पूर्वसांसद कर्णबहादुर धिमाल आफ्नै घरको वरण्डामा झुण्डिएको अवस्थामा फेला परेको ईलाका प्रहरी कार्यालय बेलबारीका सहायक प्रहरी निरिक्षक गोविन्द खवासले जानकारी दिए ।
उनी २०३८ सालको राष्ट्रिय पंचायतको निर्वाचनमा मोरङको प्रतिनिधित्व गरेका सांसद हुन् । उनी तत्कालीन राजा ज्ञानेन्द्र शाहको शाहीकालमा अन्चल प्रशासक थिए ।
मृत्यु पर्यन्त शरीर दान गरेका धिमालको शरीर पोष्टमार्टमको लागि धरान स्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाईएको इलाका प्रहरी कार्यालयले बेलबारीले जनाएको छ । धिमालको आत्महत्याको कारण भने खुल्न सकेको छैन ।





























प्रतिक्रिया