म्याग्दीको गुर्जा हिमपहिरो पर्नेमध्ये ८ जनाको शव भेटिएको छ ।
गुर्जा हिमाल आरोहण गर्न गएको ५ जना कोरियाली र ४ जना नेपालीमध्ये ८ जनाको शव देखिएको म्याग्दीका प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारीले बताएका छन् । शनिबार बिहान उद्धारका लागि सिम्रिक एअरको हेलिकप्टर घटनास्थल पुगेपनि अवतरण हुन नसकेपछि फर्किएको छ ।
७ हजार १९३ मिटर अग्लो गुर्जा हिमाल आरोहणका लागि गएको पर्यटकको टोली हिमआँधी र हुरीमा परेको थियो । हिमआँधीका कारण दुर्घटना भएको बताइएको छ । दक्षिण कोरियाली ‘किम चाङ हो’ को नेतृत्वमा गएको टोलीमा कोरियाली नागरिक यु योङ्जीक, रिम इल जिन र लि जाई हुन तथा नेपाली नागरिकमा वाङचु शेर्पा, तेन्जिङ भोटे र लाक्पा साङ्बु भोटे रहेका छन् । अन्य दुई जना भने गाउँकै नागरिक हुन सक्ने बताइएको छ ।
हिमआँधी र हावाहुरीमा परेर बेपत्ता भएका पर्यटकको उद्धारको कार्य जारी राखिएको प्रजिअ अधिकारीको भनाई छ । घटनाको बारेमा जानकारी आएलगत्तै शनिबार बिहानै ताकम प्रहरीचौकीबाट घटनास्थलतर्फ प्रहरीको टोली पठाइएको म्याग्दीका प्रहरी नायव उपरीक्षक वीरबहादुर बुढामगरले जानकारी दिए ।





























प्रतिक्रिया