काठमाडौंमा ३० महिलालाई लक्षित १५ दिने सौन्दर्य सीप तालिम सुरु

काठमाडौंमा ३० महिलालाई लक्षित १५ दिने सौन्दर्य सीप तालिम सुरु

केन्द्रबिन्दु
12
Shares

काठमाडौं । काठमाडौं महानगरपालिका, वडा नं. १२ मा महिला शिप विकास जागरण समाज र बागमती प्रदेशको सामाजिक विकास कार्यालय, भैंसेपाटीको सहकार्यमा १५ दिने सौन्दर्य सीप तालिम सुरु भएको छ । २०७८ जेष्ठ १४ गतेदेखि संचालित यो तालिममा ३० जना महिलाले सौन्दर्य कला, हेयर स्टाइल, र मेकअपका व्यावसायिक सीप सिक्दै छन् ।

यो कार्यक्रमले महिलालाई आत्मनिर्भर बनाउन र रोजगारीका अवसर सिर्जना गर्न उद्देश्य राखेको छ । उद्घाटन समारोहमा वडा अध्यक्ष बालकृष्ण महर्जनले महिलाको सशक्तिकरणका लागि यस्ता पहललाई पूर्ण समर्थन गर्ने प्रतिबद्धता जनाए। तालिममा मेकअप, हेयर डिजाइन, सरसफाइ, ग्राहक सेवा, र ट्रेन्डिङ शैलीबारे व्यवहारिक अभ्यास समावेश छ ।

संस्थाकी अध्यक्ष अनिता ठकुरीले यो तालिम दीर्घकालीन अभियानको सुरुवात भएको बताइन् । आगामी दिनमा सिलाई, हस्तकला, फेशन डिजाइन, र डिजिटल सीप तालिमहरू पनि सञ्चालन हुने उनले जानकारी दिइन् । सहभागी महिलाहरूले घरमै सैलुन खोलेर आम्दानी गर्ने योजना बनाएका छन् ।

यो तालिमले महिलाको आत्मविश्वास र आर्थिक सक्षमता बढाउँदै समुदाय र समाजको विकासमा योगदान पु¥याउने लक्ष्य राखेको छ । स्थानीय सरकार र सामाजिक संस्थाको यो संयुक्त प्रयासले महिलाको सशक्तिकरणलाई व्यवहारमा उतारेको छ ।

Logo