काठमाडौं

१६ वर्षीया किशोरीको सामूहिक बलात्कार गरेको अभियोगमा बुटवल प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । "/>

बुटवलमा १६ वर्षीया किशोरीलाई सामूहिक बलात्कार गर्ने दुई जना पक्राउ

बुटवलमा १६ वर्षीया किशोरीलाई सामूहिक बलात्कार गर्ने दुई जना पक्राउ

केन्द्रबिन्दु
0
Shares

काठमाडौं

१६ वर्षीया किशोरीको सामूहिक बलात्कार गरेको अभियोगमा बुटवल प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । अन्य केही फरार भएको प्रहरीको आंशका छ  । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख एसपी हृदय थापाले सामूहिक बलात्कारमा संलग्न दुईजना पक्राउ गरी घटनाबारे अनुसन्धान थालिएको बताए । उनले घटनामा अन्यको संलग्नताबारे पनि अनुसन्धान तीव्र पारिएको बताए ।

१६ वर्षे किशोरी माथि सामूहिक बलात्कार गरेको आरोपमा रुपन्देही देवदह नगरपालिका १० बस्ने वर्ष ३५ का उदय थापा र बुटवल उपमहानगरपालिका ७ बस्ने वर्ष २६ को कृष्ण थापा क्षेत्री पक्राउ परेका छन्  । बुटवलको शिवनगर सामुदायिक वनको जंगलमा बलात्कार भएको र घटनास्थलबाट ४ थान कन्डम, फुटेका चुरा र ४ वटा कन्डमका खोल भेटिएको रुपन्देहीका प्रहरी प्रमुख हृदय थापाले जानकारी दिए  ।

पक्राउ परेकालाई इलाका प्रहरी कार्यालय बुटवलमा पत्रकार सम्मेलन गर्दै सार्वजनिक गरिएको हो । पक्राउ परेका उदय सिकर्मी काम गर्छन् भने कृष्ण सहचालक रहेको प्रहरीले जनाएको छ ।

मदिरा खुवाएर जंगलमा लगी बलात्कार

प्रहरीका अनुसार गत मंगलबार दिउँसो बुटवलको मेलामा पुगेकी ती किशोरीलाई अन्य स्थान घुमाउन भन्दै लिएर गएका थिए  । उनीहरूले युवतीसँगै बसेर मदिरा सेवन गरेका थिए । युवतीले पनि मदिरा सेवन गरेकी थिइन् । मदिरा सेवनपछि जंगलमा लगेर आफूलाई पहिला दुईजनाले बलात्कार गरेको र पछि थप व्यक्तिहरू आई बलात्कार गरेको पीडित किशोरीले उजुरी दिएकी छिन् ।
नयाँ पत्रिकाबाट

Logo