नेपाल बैंकका कर्मचारी र ग्राहकलाई सुजुकी गाडी किन्दा १ लाख ७५ हजारसम्म छुट

नेपाल बैंकका कर्मचारी र ग्राहकलाई सुजुकी गाडी किन्दा १ लाख ७५ हजारसम्म छुट

केन्द्रबिन्दु
15
Shares

काठमाडौं । नेपाल बैंक लिमिटेडका कर्मचारी र ग्राहकले नान्सी अटोमोबाइल्स प्राइभेट लिमिटेडबाट सुजुकी गाडी किन्दा छुट पाउने भएका छन्।

बैंकका प्रमुख वित्त अधिकृत प्रकाश कुमार अधिकारी र नान्सी अटोमाबाइल्सका प्रबन्ध निर्देश मधुकर शाहले एक सम्झौतामा हस्ताक्षर गरेर यो छु्ट सुविधा लागू गरेका हुन्। सम्झौताअनुसार नेपाल बैंकमा कार्यरत कर्मचारी र यस बैंकमा खाता भएका ग्राहकले सुजुकी गाडीको अधिकृत बिक्रेता नान्सी अटोमोबाइल्सबाट गाडी किन्दा छुट पाउनेछन्।

यसरी सुजुकी ब्राण्डका विभिन्न मोडेलका गाडी किन्दा कम्पनीले आफ्नो तर्फबाट दिने छुटबाहेक अतिरिक्त ३० हजार रूपैयाँदेखि १ लाख ७५ हजार रुपैयाँसम्म छुट पाउनेछन्।

Logo