विश्वकप छनोटमा क्रोएसियाको शानदार जित

विश्वकप छनोटमा क्रोएसियाको शानदार जित

केन्द्रबिन्दु
129
Shares

काठमाडाैं । विश्वकप छनोटमा क्रोएसियाले सानदार जित दर्ता गरेकाे छ । समूह ‘एल’ अन्तर्गतको खेलमा क्रोएसियाले जिब्राल्टरलाई ७-० गोल अन्तरले हराएको हाे ।

खेलमा सुरुदेखि नै क्रोएसियाले आफ्नो प्रभुत्व जमायो। खेलको २८ औं मिनेटमा मारियो पासालिकले गोल गर्दै खाता खोले, र त्यसको दुई मिनेटपछि नै एन्टे बुडिमिरले गोल गरेर क्रोएसियालाई अग्रता दिलाए।

दोस्रो हाफमा पनि क्रोएसियाको गति र प्रदर्शन उस्तै रह्यो । फ्रान्जो इभानोविचले ६० औं र ६३ औं मिनेटमा द्रुत गतिमा दुई गोल गर्दै क्रोएसियाको अग्रता अझ बढाए। ७३ औं मिनेटमा इभान पेरिसिचले गोल गरे भने आन्द्रेज क्रामारिचले ७७औं र ७९औं मिनेटमा गोल गर्दै यो शानदार जितलाई अझ बलियो बनाए।

Logo