काठमाडौं । नेपालले टी-२० विश्वकप क्रिकेटको एसिया छनोट बीको उपाधि जितेको छ । शुक्रबार नेपाल र सिंगापुरबीच भएको खेलपछि नेपाललाई विजयी घोषणा गरिएको हो । "/>

टी-२० विश्वकप एसिया छनोट ‘बी’ को उपाधि नेपालले जित्यो

टी-२० विश्वकप एसिया छनोट ‘बी’ को उपाधि नेपालले जित्यो

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । नेपालले टी-२० विश्वकप क्रिकेटको एसिया छनोट बीको उपाधि जितेको छ । शुक्रबार नेपाल र सिंगापुरबीच भएको खेलपछि नेपाललाई विजयी घोषणा गरिएको हो ।

वर्षाले प्रभावित भएको थियो । सिंगापुरले दिएको ८२ रनको लक्ष्य पछ्याएको नेपालले मात्र ३ बलमा एक विकेट गुमाएर १ रन बनाएको अवस्थामा पानी परेको थियो ।

पानीका कारण खेल हुन नसकेपछि रन रेटका आधारमा नेपाललाई विजेता घोषणा गरिएको हो । सिंगापुरको समान अंक भएपनि नेट रन रेटका आधारमा नेपाल शीर्ष स्थानमा छ । नेपालले खेलेका सबै खेलमा विजयी भएको थियो ।

आफूले खेलेका पाँच खेल जितेको नेपालको नेट रनरेट ७.७८२ रहेको छ भने पाँचै खेल जितेको सिंगापुरको नेट रनरेट ४.७७२ रहेको छ । नेपाल र सिंगापुर दुवै टोली यसअघि पाँच खेलसम्म अपराजित थिए । यस प्रतियोगिताबाट नेपाल, सिंगापुर र मलेसिया टी–२० विश्वकपको अर्को चरणमा प्रवेश गरेका छन् । 

अब एसिया उपक्षेत्रीय छनोट ए अन्तर्गतका तीन टोलीहरु यूएई, कुवेत र कतारसहित ६ टोलीबीच एसिया छनोट अन्तर्गत प्रतिस्पर्धा हुनेछ । प्रतियोगितामा नेपालले म्यानमार, मलेसिया, थाइल्याण्ड, चीन र भुटानविरुद्ध सहज जित निकालेको थियो भने सिंगापुरले पनि सबै प्रतिद्वन्द्वीलाई हराएको थियो । 

Logo