रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

केन्द्रबिन्दु
9
Shares

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। कम्पनीले साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ भोली (जेठ २६ गते) बुकक्लोज गर्दैछ।

त्यसैले, आजसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले इन्स्योरेन्सको साधारणसभामा सहभागिता भाग लिन र कम्पनीले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।

कम्पनील हाल कायम चुक्ता पूँजीको १२ प्रतिशतका दरले बोनस सेयर र सोको कर प्रयोजनार्थ ०.६३ प्रतिशतका दरले नगद लाभांश वितरण गर्दैछ

सो लाभांश पारित गर्न कम्पनीको आठौँ वार्षिक साधारणसभा आगामी असार २ गते, आम्रपाली ब्यांकेट, भाटभटेनी, काठमाडौँमा बिहान ११ बजे शुरु हुनेछ। सभाले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।

Logo