प्रिमियर इन्टरनेशनल स्कुलको आइबीडीपी र एनइबी दीक्षान्त समारोह सम्पन्न

प्रिमियर इन्टरनेशनल स्कुलको आइबीडीपी र एनइबी दीक्षान्त समारोह सम्पन्न

केन्द्रबिन्दु
84
Shares

काठमाडौं । प्रिमियर आइबी कन्टिनम इन्टरनेशनल स्कुलले आईबी डिप्लोमा प्रोग्राम (आइबीडीपी) र राष्ट्रिय परीक्षा बोर्ड (एनइबी) को अध्ययन पुरा गरेको विद्यार्थीलाई विदाई गरेको छ ।

ललितपुरमा दिक्षान्त सामारोहको आयोजना गरि स्कुलले विद्यार्थीलाई बिदाई गरेको हो । एनइबी बोर्ड अन्तर्गतको प्रोग्राम अध्ययन पूरा गरेका ४१ जना र आइबीडीपी प्रोग्राम अध्ययन पूरा गरेका ३२ जना विद्यार्थी गरि ७३ जना विद्यार्थी दीक्षित भएका थिए । समारोहमा प्रमुख अतिथिको रुपमा ललितपुर महानगरका नगर प्रमुख चिरीबाबु महर्जनको उपस्थिती रहेको थियो ।

नगर प्रमुख चिरीबाबु महर्जनले विद्यार्थीलाई आगामि शैक्षिक गन्तव्यका लागि शुभकामना दिँदै प्रिमियर इन्टरनेशनल स्कुलले ललितपुर जिल्लामा मात्र नभई देश भरिनै शैक्षिक नेतृत्व प्रदान गरिरहेको उल्लेख गरे ।

उनले भने, ‘‘प्रिमियर इन्टरनेशनल स्कुलले शैक्षिक क्षेत्रमा योगदान पुर्‍याएको छ र ललितपुरमा शिक्षाको केन्द्रको रुपमा स्थापित भएको एक अग्रणी स्कुल हो । त्यसैले शैक्षिक गुणस्तर सुधारका लागि महानगरले आगामि दिनमा स्कुलसँग सहकार्य गरी अगाडी बढ्नेछ ।’’

स्कुलकी संस्थापक निर्देशक पवित्रा लिम्बुले स्कुलमा अध्ययन गरेका विद्यार्थीलाई एक दक्ष, सक्षम बनाएको बताइन् । उनले भनिन्, ‘‘हामीले ति नानीहरूलाई उत्सुक र जिज्ञासु सिक्ने यात्राका रूपमा अभिभावकबाट लिएका थियौं, आज ती नै बालबालिका जिम्मेवार, संवेदनशील र सक्षम युवा बनेर तपाईंको काखमा फर्काइरहेका छौं ।’’

त्यसैगरी स्कुलकी शैक्षिक निर्देशक प्रविना थापाले अध्ययनका लागि विदेश गए पनि आफ्नो मातृभुमिलाई सम्झी देश बनाउन स्वदेशै फर्केर आउनुपर्ने बताइन् । ‘‘जहाँसम्म शिक्षा र अवसरले तपाईलाई लैजाओस, तपाई जानुहोस, तर नेपाल तपाईंको घर हा, । एक दिन फर्किनुहोस् र अन्तर्राष्ट्रिय रुपमा आर्जन गरेको ज्ञान र सिपलाई देशमै लगानी गरि देश विकासको लागि लगानि गर्नुहोस् ।’’ उनले भनिन् ।

दिक्षान्त समारोहमा मुख्य अतिथिद्वारा प्रदान गरिएका शैक्षिक सम्मानहरू विशेष आकर्षण बने । एनइबीकी आयुष्मा राजभण्डारी र आइबीडीपीका शुभम बजगाईँलाई स्यालुटेटोरियनको रूपमा सम्मान गरियो भने आइबीडीपीकी आश्नी रुंगटा र एनइबीका प्रबिग्य पुरुष ढकाललाई भ्यालेडिक्टोरियन को उपाधिले सम्मान गरिएको थियो ।

उनीहरूले विद्यालयमा बिताएका वर्षहरूका अनुभव, आभार र भविष्यका योजनाहरू भावनात्मक रूपमा प्रस्तुत गरे ।

समारोहमा शिक्षा तथा युवा नेतृत्वसँग सम्बन्धित उच्च पदस्थ अधिकारीहरूको उल्लेखनिय उपस्थिति रहेको थियो । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव चूडामणि पौडेल, उच्च तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) का अध्यक्ष रमेश सिलवाल, शिक्षा मन्त्रालयका सहसचिव शिवकुमार सापकोटा, प्याब्सनका अध्यक्ष कृष्णप्रसाद अधिकारी, एनप्याब्सनका अध्यक्ष सुवास न्यौपाने, राष्ट्रिय युवा महासंघ नेपालका अध्यक्ष क्षितिज थेबे, आइपानका अध्यक्ष लक्ष्मण केसी, एएइआरआईका अध्यक्ष द्विराज शर्माको उपस्थिती रहेको थियो ।

त्यसैगरी नेपाल अभिभावक संघका अध्यक्ष सुप्रभात भण्डारी, आइएसएफका कार्यसमिति सदस्य तथा एनएसएसएफका महासचिव राजकुमार कार्की, नेपाल मन्टेश्वरी संघका महासचिव दीपक अग्रवाल, ललितपुर शिक्षा महाशाखाका प्रमुख देवीप्रसाद पौडेल, वडा नं १५ का अध्यक्ष सुरेश बहादुर सासी, तथा अन्य शैक्षिक संघसंस्थाका प्रतिनिधिहरू समारोहमा सहभागीता रहेको थियो । साथै, राष्ट्रिय बास्केटबल टिमका कप्तान तथा प्रिमियरका प्रशिक्षक सदीश प्रधानको उपस्थिति पनि उल्लेखनीय रह्यो ।

एनइबी समन्वयक अच्युतप्रसाद लम्साल र आइबीडीपी समन्वयक डा. अमित बडोलाले संयुक्त रूपमा कक्षा १२ ‘२०२५’ का दीक्षित विद्यार्थीलाई बिदाइ गर्दै विद्यालय सधैं उनीहरूको दोस्रो घर रहने बताए । उनिहरुले भने ‘‘अब तपाईंहरूको परिचयपत्रमा ‘विद्यार्थी’ होइन ‘पूर्व विद्यार्थी’ लेखिनेछ, तर यो विद्यालय सधैं तपाईंहरूको घर नै रहनेछ ।’’

प्रिमियर इन्टरनेशनल स्कूल नेपालकै एक मात्र आइबी कन्टिनम स्कुल हो ।

Logo