काठमाडौं

नेपाल पत्रकार महासंघले सञ्चारकर्मीको न्यूनतम तलब पारिश्रमिक निर्धारण समितिको सिफारिस भन्दा कम वृद्धि गरिएकोमा आपत्ति जनाएको छ । "/>

पत्रकारको पारिश्रमिक कम वृद्धि गरेकामा महासंघको आपत्ति

पत्रकारको पारिश्रमिक कम वृद्धि गरेकामा महासंघको आपत्ति

केन्द्रबिन्दु
0
Shares

काठमाडौं

नेपाल पत्रकार महासंघले सञ्चारकर्मीको न्यूनतम तलब पारिश्रमिक निर्धारण समितिको सिफारिस भन्दा कम वृद्धि गरिएकोमा आपत्ति जनाएको छ । समितिले श्रमजीवी पत्रकारको पारिश्रमिक ५० प्रतिशत बढाउन सिफारिस गरे पनि सरकारले २५ प्रतिशत मात्र बढाएको थियो ।

‘महासंघ, श्रमजीवी पत्रकार, मिडिया सञ्चालक र सरकारी पक्षसमेत रहेको न्यूनतम पारिश्रमिक निर्धारण समितिले श्रमजीवी पत्रकारको न्यूनतम पारिश्रमिक २९ हजार ५ सय बनाउन गरेको सिफारिस लत्याउँदै २४ हजार ५ सय रुपैयाँ मात्र बनाउने सरकारको निर्णयप्रति महासंघ दुःख प्रकट गर्छ’, महासचिव रमेश विष्टद्वारा बिहीबार जारी विज्ञप्तिमा छ ।

महासंघले समितिको सिफारिस अनुसार न्यूनतम पारिश्रमिक पुनरावलोकन गर्न सरकारसित माग गरेको छ । केही सञ्चारमाध्यमले श्रमजीवी पत्रकारलाई समयमा पारिश्रमिक उपलब्ध नगराएकोमा समेत महासंघले आपत्ति प्रकट गरेको छ ।
कान्तिपुरबाट

Logo