नेपालगन्ज

लोपोन्मुख वन्यजन्तु रेडपाण्डाको छाला सहित ५ जना कोहलपुरबाट पक्राउ परेका छन् । "/>

लोपोन्मुख वन्यजन्तु रेडपाण्डाको छालासहित पाँच जना पक्राउ

लोपोन्मुख वन्यजन्तु रेडपाण्डाको छालासहित पाँच जना पक्राउ

केन्द्रबिन्दु
0
Shares

नेपालगन्ज

लोपोन्मुख वन्यजन्तु रेडपाण्डाको छाला सहित ५ जना कोहलपुरबाट पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय र ईलाका प्रहरी कार्यालय कोहलपुरको टोलीले बिहीबार कोहलपुर २ मा रहेको एक होटलबाट छालासहित रंगेहात उनीहरुलार्इ पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा बैजनाथ गाउँपालिका–४ बाँकेका ४१ बर्षीय थमन दमाई, सोही ठाउँका २८ बर्षीय दीपक सुनार, २१ बर्षीय बलराज ऐडी, कोहलपुर–१ का ४६ बर्षीय बुद्धि शर्मा र कोहलपुर २ निवासी २८ बर्षीय मुकेश दमाई रहेका छन् ।

पक्राउ परेका माथि अनुसन्धान भईरहेको र शुक्रबार डिभिजन वन कार्यालयमा छालासहित अभियुक्तलाई बुझाईने ईलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक मानबहादुर बिसीले जानकारी दिए ।
नागरिकबाट

 

Skip This
Skip This
Logo