अमेरिकाबाट डिपोर्ट भएका नेपालीहरू कोही बोरा बोकेर फर्किए, कोही रित्तै

अमेरिकाबाट डिपोर्ट भएका नेपालीहरू कोही बोरा बोकेर फर्किए, कोही रित्तै

केन्द्रबिन्दु
102
Shares

काठमाडौं । अवैध रूपमा अमेरिका पुगेका ३७ जना नेपाली आइतबार मध्यरातमा काठमाडौँ उत्रिएका छन् । अमेरिकी कानुन उल्लंघन गरेको आरोपमा डिपोर्टमा परेका ३२ पुरुष र ५ महिलालाई ओम्नी एयर इन्टरनेसनलको कल–साइन एन–४८६ एएक्स जहाजबाट चार्टर गरेर मध्यराति त्रिभुवन अन्र्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन् ।

प्रहरीको मानवबेचबिखन अनुसन्धान ब्युरोले डिपोर्टमा परेकाहरुलाई विमानस्थलमै आवश्यक सोधपुछ गरेर छाडेको छ । प्रहरीले कसैले उजुरी दिएमात्र अनुसन्धान प्रक्रिया अघि बढाउने गरेको छ ।

डिपोर्ट गरिएका नेपालीहरु मध्यराति बोरा नै बोकेर फर्किएका दृश्यहरु बाहिरिएका थिए । कतिपय रित्तो हात फर्किएका थिए । उनीहरुमा एकखालको निराशभाव देखिन्थ्यो । उनीहरु आफ्नो अनुहार ढाकिरहेका थिए । अब उनीहरुलाई घर कसरी पुग्ने, परिवारका सदस्यहरुलाई के जवाफ दिने भन्ने चिन्ता मात्र देखिन्थ्यो ।

अमेरिकाको सासनसत्तामा डोनाल्ड ट्रम्पको दोस्रोपटकको आगमनपछि आप्रवासन नीति कडाइका साथ लागू गरेका छन् । सन् २०२५ को जनवरी २० देखि हालसम्म १७७ जना नेपालीलाई अमेरिकाले डिपोर्ट गरिसकेको छ ।

Logo