पुष्प ओलीको नेतृत्वमा वाईसीएलका ७५ जना पदाधिकारी निर्वाचित

पुष्प ओलीको नेतृत्वमा वाईसीएलका ७५ जना पदाधिकारी निर्वाचित

केन्द्रबिन्दु
24
Shares

काठमाडाैं । नेकपा माओवादी केन्द्रको युवा सङ्गठन योङ कम्युनिष्ट लिग (वाईसीएल)ले ७४ जना पदाधिकारी चयन गरेको छ।

काठमाण्डौंमा जारी तेस्रो राष्ट्रिय सम्मेलनबाट सर्वसम्मत रुपमा पुष्प ओलीको नेतृत्वमा नयाँ कार्यसमिती चयन भएको हो । उपाध्यक्षमा डम्बर पुलामी सहित २२ जना निर्विरोध निर्वाचित भएका छन् । त्यस्तै महासचिवमा गणेश शाही निर्वाचित भएका छन् । सहसचिवमा १९ र ३१ सचिव चयन गरेको छ।

पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पनि आज सिङ्गो टिमलाई खुमलटार बाेलाएर संगठनलाई गतिशिल र चुस्त दुरुस्त बनाउन निर्देशन दिएका छन् ।

Logo