सदनको अवरोध हटाउन कांग्रेस र रास्वपाबीच छलफल जारी

सदनको अवरोध हटाउन कांग्रेस र रास्वपाबीच छलफल जारी

केन्द्रबिन्दु
30
Shares

काठमाडौं । प्रतिनिधिसभा बैठकको अवरोध हटाउन सत्तारुढ दल नेपाली कांग्रेस र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) छलफलमा जुटेका छन् ।

भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको राजीनामा माग्दै जेठ १३ गतेदेखि सदन अवरुद्ध गरिरहेको रास्वपालाई सहमतिमा ल्याउन संसद् भवन नयाँ वानेश्वरमा कांग्रेसले छलफल जारी राखेको हो । छलफलमा कांग्रेसका तर्फबाट उपसभापति पूर्णबहादुर खड्का, नेता ज्ञानेन्द्रबहादुर कार्की र प्रमुख सचेतक श्यामकुमार घिमिरे तथा रास्वपाका तर्फबाट उपसभापति डा. स्वर्णिम वाग्ले, नेता शिशिर खनाल र प्रमुख सचेतक सन्तोष परियार सहभागी छन् ।

Skip This
Skip This
Logo