टिकटक स्टार खाबी लेम पनि अमेरिकाबाट डिपाेर्ट

टिकटक स्टार खाबी लेम पनि अमेरिकाबाट डिपाेर्ट

केन्द्रबिन्दु
42
Shares

काठमाडौं । टिकटकमा सर्वाधिक फलो गरिएका व्यक्ति खाबी लेम अमेरिकाबाट डिपाेर्ट भएका छन‍् ।

आफ्ना शब्दविहीन कमेडी भिडियोका लागि विश्वभर प्रख्यात २४ वर्षीय खाबीलाई गत शुक्रबार लस भेगासमा अमेरिकी अध्यागमन तथा भन्सार प्रवर्तनले हिरासतमा लिएसँगै इटाली पठाएकाे हाे ।

अमेरिकी अध्यागमनद्वारा जारी गरिएको एक विज्ञप्ति अनुसार, खाबीलाई कथित अध्यागमन नियम उल्लंघनको कारण केही समयका लागि नियन्त्रणमा लिइएको थियो। तर, उनलाई स्वैच्छिक प्रस्थान आदेश जारी गरिएपछि तुरुन्तै रिहा गरिएको थियो। त्यसयता उनी अमेरिका छाडेर गइसकेका छन्।

खाबीले अमेरिकी भिसाको शर्तहरू उल्लंघन गरी तोकिएको भन्दा बढी समय अमेरिकामा बिताएको पाइएको थियो। खाबी सेनेगलमा जन्मेका हुन् तर उनी इटालीका नागरिक हुन्।

Skip This
Skip This
Logo