काठमाडौं । आइसिसी विश्वकप लिग–२ सिरिजअन्तर्गत नामिबियाविरुद्ध नेपालले राम्रो सुरुवात गरेको छ। टस जितेर बलिङ रोजेको नेपाललाई पहिलो र दोस्रो सफलता क्रमशः सोमपाल कामी र करण केसीले दिलाए।
सोमपालले माइकल भान लिङ्गेन (५) र करणले मलान क्रुगर (१५) रनमा आउट गरेका हुन्। यही सिरिजको पहिलो खेलमा नामिबियाविरुद्ध नेपाल ८ विकेटले पराजित भएको थियो।
यस्तै, नेपाली टिम दोस्रो खेलमा घरेलु टिम नेदरल्याण्ड्ससँग ६ विकेटले स्तब्ध भयो। नेपाल आज नामिबियालाई हराएर सिरिजमा पहिलो जित निकाल्ने योजनामा छ।




















