काठमाडौं । बंगलादेशका स्टार अलराउण्डर शाकिब अल हसनले पोखरा एभेन्जर्सबाट तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) खेल्ने भएका छन् ।
पोखराले आज उनलाई अनुबन्ध गरेको जनाएको हो। ४० वर्षीय शाकिब ३० भन्दा बढी फ्रेन्चाइज टोलीबाट खेलिसकेका छन्।
उनले बंगलादेशका लागि १२९ टी–२० आईमा २ हजार ५५१ रन बनाउनुका साथै १४९ विकेट लिएका छन्।




















