सुमन सरगमको ‘आफ्नो बनाई लैजाउ’ सार्वजनिक, राजेश पायल राई र यश कुमारले गरे विमोचन

सुमन सरगमको ‘आफ्नो बनाई लैजाउ’ सार्वजनिक, राजेश पायल राई र यश कुमारले गरे विमोचन

केन्द्रबिन्दु
6
Shares

काठमाडौं । गायक सुमन सरगमले नयाँ गीत ‘आफ्‌नो बनाई लैजाउ’ सार्वजनिक गरेका छन् । आइतबार साँझ काठमाडौंमा आयोजित एक कार्यक्रमका बीच यो गीतको भिडियो सार्वजनिक गरिएको हो ।

चर्चित गायकद्धय राजेशपायल राई र यश कुमारले संयुक्तरूपमा ‘आफ्‌नो बनाई लैजाउ’को भिडियो सार्वजनिक गरेका हुन् ।

‘राई इज किङ’ उपनामले परिचित राईले आफूले खोजी प्रतिभाको नामक रियालिटी शोको निर्णायक हुँदा भेटेको एक सुन्दर प्रतिभा सुमन सरगम भएको बताए । आज सार्वजनिक गीतमा गायनसँगै सुमनले अभिनय पनि साह्रै राम्रो गरेको देख्दा खुशी लागेको सुनाए ।

यता, अर्का गायक यश कुमारले सुमनलाई आफुले उ पहिलो पटक काठमाडौं आउँदा भेटेको बताए ।

सुमन र गायिका मेलिना राईको स्वर रहेको गीतमा सन्तोष सुनारको शब्द तथा संगीत छ । होरिजन रेकर्डिङ स्टुडियोमा रेकर्डिङ गरिएको गीतमा याकुभ तामाङ म्युजिक प्रोड्युसर तथा रेशम गदालको मिक्सिङ/मास्टरिङ छ । शान थापाको निर्देशनमा निर्माण भएको म्युजिक भिडियोमा गरिमा शर्मासँग गायक सरगम आफैले अभिनय गरेका छन् ।

सार्वजनिक गीतको भिडियोमा अर्जुन तिवारीको छायांकन, मिलन विश्वकर्माको कलर, विवेक सुनारको सम्पादन र रोशन विश्वकर्माको कोरियोग्राफी रहेको छ ।

Logo