सौरभ चौधरीले घोषणा गरे चलचित्र ‘द राइज अफ साम्राज्य’

सौरभ चौधरीले घोषणा गरे चलचित्र ‘द राइज अफ साम्राज्य’

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । डार्क हर्स इन्टरटेन्मेन्टको प्रस्तुति रहने नयाँ चलचित्र ‘द राइज अफ साम्राज्य’को घोषणा गरिएको छ । चलचित्रको निर्माण पक्षले सोमबार थिम पोस्टर सार्वजनिक गर्दै टाइटल अनाउन्समेन्ट गरेको हो ।

सेलिब्रेटी लेखक बुद्धिसागरको लेखन रहेको चलचित्र ‘साम्राज्य’लाई सौरभ चौधरीले निर्देशन गर्ने भएका छन् । यो चलचित्रको निर्मातामा प्रवेश चौधरी र निला देव रहेका छन् । को–प्रोडुसरमा विश्वास बस्नेत (बेन) र कार्यकारी निर्मातामा शंकर पाण्डे छन् ।

चलचित्रको भव्यतासहित यसको विषयवस्तुबारे केही संकेत गर्दै सौरभले थिम र टाइटल अनाउन्समेन्ट गरेका हुन् ।

यो थिम पोस्टरमा आगोको लप्कासँगै घोडामा सवार मानिसहरू र पुराना तथा राजर्सी कालखण्डका व्यक्ति देखिएका छन् । पोस्टरले द्वन्द्वको संकेत गरेको छ । विद्रोहीको सेल्टरमा आगो लगाएको जस्तो देखिन्छ । तर, यकिन छैन ।

Logo