तेस्रो खेलमा पनि नेपालको कमजोर बलिङ, नामिबियाले बलियो लक्ष्य दिने सम्भावना

तेस्रो खेलमा पनि नेपालको कमजोर बलिङ, नामिबियाले बलियो लक्ष्य दिने सम्भावना

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । आइसिसी विश्वकप लिग–२ सिरिजअन्तर्गत तेस्रो खेलमा नामिबियाविरुद्ध पनि नेपालले कमजोर बलिङ गरेको छ। दुवै ओपनरको विकेछ छिटो लिए पनि तेस्रो विकेटका लागि नेपालले संघर्ष गरिरहेको हो।

नामिबियाका ब्याटरले तेस्रो विकेटका लागि १३० रन प्लसको साझेदारी गरिसकेका छन्। यही सिरिजको पहिलो खेलमा नामिबियाविरुद्ध नेपाल ८ विकेटले पराजित भएको थियो।

त्यस खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपाल १५७ रनमै अलआउट भएको थियो। दोस्रो खेलमा पनि नेपाली टिम नेदरल्याण्ड्सविरुद्ध सोही स्कोरमा अलआउट भयो।

जारी श्रृंखलामा नेपाल पहिलो जितको खोजीमा छ।

Logo