देवानगञ्ज घटनापछि सप्तरीमा उच्च सतर्कता, सर्वदलीय बैठकको दुईबुँदे सहमति

देवानगञ्ज घटनापछि सप्तरीमा उच्च सतर्कता, सर्वदलीय बैठकको दुईबुँदे सहमति

केन्द्रबिन्दु
0
Shares

सप्तरी । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ मा भएको घटनापछि सप्तरीमा उच्च सतर्कता अपनाइएको छ ।

घटनाको विरोधमा राजविराजमा पनि प्रदर्शन हुन थालेपछि प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाको अध्यक्षतामा सर्वदलीय बैठक बसेको थियो ।

बैठकले जिल्लामा शान्ति–सुरक्षा, सामाजिक सद्भाव र आपसी भाइचारा कायम राख्ने विषयमा दुईबुँदे सहमति गरेको छ ।

प्रहरीको गोली लागेर ओमप्रकाश महतोको मृत्यु भएपछि देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा तनाव जारी छ ।

Logo