काठमाडाैं । नेकपा एमालेनिकटको विद्यार्थी संगठन अनेरास्ववियुको २४ औं राष्ट्रिय महाधिवेशनको बन्द सत्र स्थगित भएको छ । निर्वाचनको माग गर्दै नाराबाजी सुरु भएपछि बन्द सत्र स्थगित गरिएको हो ।
महाधिवेशनमा अध्यक्ष मण्डलले सर्वसम्मत ढंगले कमिटी चयन गर्न भन्दै नाम प्रस्ताव अस्विकार गरेपछि निर्वाचन कार्यतालिका सार्वजनिक गरिएको छ । अध्यक्ष मण्डलका एक सदस्यले दिएको जानकारीअनुसार अनेरास्ववियु अध्यक्षमा डा. सुजन कडरिया, उपाध्यक्षमा प्रकाश पौडेल र अञ्जना शिवाकोटी, महासचिवमा दीपक धामीको नाम प्रस्ताव गरिएको छ।
कीर्तिपुरमा जारी २४औं महाधिवेशनमा ५ जनाले अध्यक्ष पदमा दाबी गरेका छन् । तर एमाले अध्यक्ष एवं प्रधानमन्त्रीको समर्थन कडरियालाई हुँदा अध्यक्ष मण्डलबाट उनकै नाम प्रस्ताव गरिएको छ ।
अध्यक्षमा कडरियाको नाम प्रस्ताव गरिएपछि विरोध भएको हाे । अध्यक्ष मण्डलले प्रस्ताव गरेको नामप्रति अरु आकांक्षीले सहमति जनाएका छैनन् । अध्यक्ष पदमा दीपक धामी, प्रकाश पौडेल, आरती भट्टराई, अञ्जना सिवाकोटी र कडरियाले आकांक्षा राखेका छन् ।





























प्रतिक्रिया