काठमाडौं । राज्य व्यवस्था तथा सुशासन समितिबाट नागरिकतासम्बन्धी विधेयक पारित भएको छ ।
आज बसेको बैठकले सरकारले ल्याएको नेपाल नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयक पारित गरेको हो । विधेयकमा आमा वा बाबुको नामबाट नागरिकता प्राप्त हुने व्यवस्था छन् । पहिले नागरिकता लिनका लागि आमा र बाबु अनिवार्य हुन्थ्यो ।
आमाको नामबाट नागरिकता लिँदा स्वघोषणा भने गर्नुपर्ने व्यवस्था गरिएको छ ।































प्रतिक्रिया