काठमाडौँ

आइसिसी विश्व ट्वान्टी–२० एसिया छनोट ‘बी’ २०१८ को पाँचौं खेलमा आज नेपालले कमजोर टोली चीन प्रतिश्पर्धा गरिरहेको छ । "/>

चीनद्वारा नेपाललाई २७ रनको तार्गेट : आइसिसी विश्व ट्वान्टी–२० एसिया छनोट

चीनद्वारा नेपाललाई २७ रनको तार्गेट : आइसिसी विश्व ट्वान्टी–२० एसिया छनोट

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ

आइसिसी विश्व ट्वान्टी–२० एसिया छनोट ‘बी’ २०१८ को पाँचौं खेलमा आज नेपालले कमजोर टोली चीन प्रतिश्पर्धा गरिरहेको छ । नेपाली समय अनुसार बिहान ७ः४५ बाट मलेसियाको वायुमस ओभल मैदानमा सुरु भएको खेलमा चीनले नेपाललाई जम्मा २७ रनको तार्गेट दिएको छ । चीनले १३ ओभरमा सबै वीकेट गुमाएर जम्मा २६ रन मात्र बनाएपछि नेपालले २७ रनको लक्ष्य पाएको हो ।

नेपाल र चीनको पुरुष टिमले पहिलोपटक प्रतिस्पर्धा गर्न लागेका हुन् । नेपालले लगातार चौंथो जित निकाल्दै अघिल्लो चरण प्रवेश पक्का गरिसकेको छ । यता चीन भने आफूले खेलेका सबै खेलमा हार बेहोर्दै प्रतियोगिताबाट बाहिरिसकेको छ । नेपाल समूहको शीर्ष स्थानमा रहँदा चीन भने पुछारमा छ । नेपालसँगै सिंगापुरले पनि दोस्रो चरणमा स्थान पक्का गरेको छ ।

 

Logo