काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र उपमेयर सुनिता डंगोलबीच लामो समयको संवादहीनता तोडिएको छ । बुधबार केही वडाध्यक्षसहित मेयर र उपमेयरबीच भेटवार्ता भएको हो ।
वार्तामा छिट्टै कार्यपालिका बैठक राख्न प्रारम्भिक सहमति भएको छ ।
अहिले झण्डै ६ महिनादेखि कार्यपालिका बैठक बस्न सकेको छैन, यसले महानगरको नीति तथा कार्यक्रम र बजेटको तयारी नै बिथोलिएको छ । यसको प्रमुख कारण नै बालेन र सुनिताबीचको टकराव थियो ।
गएको चैत २१ गते उपमेयर डंगोलसहित वडाध्यक्ष र कर्मचारीहरूले ताला फोडेर मेयर बालेनले निलम्बन गरेका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंलाई कार्यालयमा प्रवेश गराएका थिए । त्यतिबेला बाटो छेकेको निहुँमा अहिले गुरागाईंले बालेनका विश्वासपात्र नगर प्रहरी प्रमुख राजु पाण्डेलाई कारबाही गरिसकेका छन् ।































प्रतिक्रिया