काठमाडौं । यामाहा नेपाल सञ्चालन गरेको ‘नेसनल सेल्स स्किल कन्टेस्ट २०८२’ सम्पन्न भएको छ ।
उक्त कन्टेस्टमा समुन्द्र पंगेनी (भीएडब्लू इन्टरप्राइजेज, पोखरा) विजेता बनेका छन् । उनलाई ३० हजार नगद पुरस्कार प्रदान गरिएको छ ।
त्यस्तै, फर्स्ट रनरअप बन्ने प्रमिला श्रेष्ठ (एलएस इन्टरप्राइजेज, लालबन्दी)लाई नगद २० हजार र सेकेन्ड रनरअप बनेका विकास रञ्जितकार (द ह्विल्स, सल्लाघारी)लाई नगद १० हजार पुरस्कारस्वरुप प्रदान गरियो ।
यामाहा नेपालले टु ह्विलरको सेल्स एक्सलेन्सलाई पहिचान गर्न र यसको उत्सव मनाउन देशभरका यामाहा डिलरहरूबीचको आन्तरिक प्रतिस्पर्धा ‘नेसनल सेल्स स्किल कन्टेस्ट २०८२’ आयोजना गरेको हो । २५ जेठमा आयोजित यस कन्टेस्टले देशभरका शीर्ष बिक्री पेसेवरहरूलाई एकै ठाउँमा ल्याएको थियो, जसले तीव्र क्षेत्रीय प्रतिस्पर्धाहरूमार्फत नेसनल फाइनलमा आफ्नो स्थान हासिल गरेका थिए ।
यामाहा नेटवर्कभित्र बिक्री क्षमताको मूल्यांकन र सुधार गर्ने उद्देश्यले आयोजना गरिएको यस प्रतियोगिता अटो बेसिक्स, उत्पादनको ज्ञान, प्रतिस्पर्धाको जानकारी, बिक्री प्रक्रिया, भाइभा र उत्पादन प्रदर्शन गरी छवटा मुख्य विधामा आधारित थियो ।
एक दिनको तीव्र प्रतिस्पर्धा र व्यापक मूल्यांकनपछि उत्कृष्ट तीन प्रतिभाहरूले उपाधि जित्न सफल भएका हुन् ।
सबै नेसनल फाइनलिस्टहरूलाई उनीहरूको मिहिनेत, पेसागत प्रतिबद्धता र यामाहाको ‘कस्टमर फर्स्ट’ फिलोसोफीप्रति समर्पणको कदरस्वरुप प्रमाणपत्र, ट्रफी र पदक प्रदान गरियो । पुरस्कारहरू एमएडब्लू राइड्सका कार्यकारी निर्देशक तथा सीईओ दीपककुमार अग्रवाल र ह्युमन रिसोर्स विभाग प्रमुख शम्भुप्रसाद कोइरालाले वितरण गरेका थिए ।





























प्रतिक्रिया