काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली असार दोस्रो साता स्पेन भ्रमणमा जाने भएका छन् ।
स्पेनको सेभिल सहरमा हुने ‘विकासका लागि वित्त पोषणसम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलन’ मा भाग लिन प्रधानमन्त्री ओली असार १५ गते त्यसतर्फ जाने भएका हुन् । संयुक्त राष्ट्रसङ्घको आयोजनामा हुने लागेको सो सम्मेलनमा विभिन्न ४० वटा देश सहभागी हुने बताइएको छ ।
सम्मेलनमा ती देशका सरकार प्रमुख, अर्थमन्त्री, वित्तीय संस्थाका प्रतिनिधि, विकास साझेदार र नागरिक समाजका अगुवाहरूको सहभागिता हुने बताइएको छ ।
सम्मेलनको उद्देश्य विश्वव्यापी विकास लक्ष्य हासिल गर्न आवश्यक स्रोत परिचालन गर्ने, वित्तीय समावेशीकरणलाई प्रवर्द्धन गर्ने, ऋण व्यवस्थापन सुधार गर्ने तथा सार्वजनिक–निजी साझेदारीमार्फत दिगो विकासका कार्यक्रमहरूलाई सशक्त बनाउने रहेको छ ।





























प्रतिक्रिया