महोत्तरी ।
बालिका हत्याको बिरोधमा महोत्तरीको बर्दिवासमा भएको प्रर्दशनमा प्रहरीले गोली चलाएको छ ।
आईतबार साँझदेखि हराएकी ६ बर्षिय बालिका गुलाब शाह खातुृनको सोमबार हत्या गरिएको अवस्थामा शव भेटिएको थियो । हत्यापछि बोरामा फ्याकिएको अवस्थामा बालिकाको शव फेला परेपछि स्थानीयले बलात्कारपछि हत्या भएको दावी गर्दै प्रर्दशन गरेका हुन् ।
प्रदर्शनलाई नियन्त्रण गर्न प्रहरीले गोली चलाएको छ । प्रहरीले चलाएको गोली लागेर बर्दिवास नगरपालिका वडा नम्बर १ का सञ्जय न्यौपाने घाईते भएका छन् । कम्मरमुनी गोली लागेका न्यौपानेको बर्दिबासस्थित पिनाकल अस्पतालमा उपचार भइरहेको छ । बालिका हत्याको आशंकामा प्रहरीले महोत्तरीकै गौशाला नगरपालिका वडा नम्बर ५ स्थायी ठेगाना भएका अरुण कुमार शाहलाई नियन्त्रणमा लिएको छ ।
स्थानीय बासिन्दाले बालिकाको शव मुख्य सडकमा राखेर प्रर्दशन गरिरहेका छन् । प्रहरीले भने प्रदर्शनकारीले राजमार्ग अवरुद्ध गरी आन्दोलनलाई उग्र बनाएपछि स्थितिलाई नियन्त्रणमा लिन गोली चलाएको बताएको छ ।































प्रतिक्रिया