काठमाडौँ
प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीसँग सोमबार भेटवार्ता गरेका छन् ।
शीतल निवासमा भएको भेटमा प्रधानमन्त्री ओलीले संयुक्त राष्ट्रसंघको ७३ औं महासभामा नेपालको सहभागिता र कोस्टारिकाको औपचारिक भ्रमणबारे राष्ट्रपतिलाई जानकारी गराएका थिए ।
भेटमा राष्ट्रसंघको महासभा, कोस्टारिकाको भ्रमणका क्रममा भएका आपसी हित तथा अन्य समसामयिक विषयबारे छलफल भएको राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशव प्रसाद घिमिरेले जानकारी दिएका छन् ।
सो अवसरमा परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवाली लगायत उच्च पदस्थ अधिकारीको समेत उपस्थिती थियो ।





























प्रतिक्रिया