राजविराज
सरकार गठन भएको ७ महिना विति सक्दा पनि सहमति अनुसार माग सम्वोधन नगरेको भन्दै राष्टि«य जनता पार्टी ( राजपा ) नेपाल सप्तरीले सोमवार प्रमुख जिल्ला अघिकारी मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र वुझाएको छ ।
स्थानिय शिव मन्दिरको प्राङणवाट राजपा जिल्ला संयोजक रामपृत यादवको अगुवाइमा निस्केको जुलुस वजारक्षेत्र परिक्रमा पश्चात जिल्ला प्रशासन कार्यालय पुगी प्रमुख जिल्ला अघिकारी सुरेन्द्र पौडेल मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र वुझाएको हो ।
ज्ञापनपत्रमा पुर्व सहमति अनुसार संविधान संशोधनका साथै प्रतिनिधि सभा सदस्य पदमा निर्वाचित रेशम चौधरीको शपथ ग्रहण, आन्दोलनका क्रममा पक्राउ परेकाहरु माथी चलाएको मुद्दा फिर्ता , निर्मला पन्त र सम्झना दासका हत्यारालाइ पक्राउ गरी कारवाही, महँगी नियन्त्रण लगायतका विषय सम्वोधन गर्न माग गर्दै सो मा ढिलाइ गरिए सरकारलाइ दिइरहेको समर्थन फिर्ता लिइ सडकदेखि सदन सम्म आन्दोलन चर्काउने चेतावनी समेत दिइएको छ ।
दुई तिहाइको वर्तवान सरकार हरेक मोर्चामा असफल हुनुका साथै विगतमा गरेको सहमति कार्यान्वयनमा कुनै चासो नदेखाएकोले दवाव दिने उदेश्यले शान्तिपुर्ण प्रदर्शन र ज्ञापन पत्र वुझाउने काम भएको हो ,राजपा सप्तरी सयोजक यादवले भने, ‘अव पनि वेवास्ता गरिए आन्दोलन चर्काएर सरकारलाइ माग सम्वोधन गराउन वाध्य पार्नेछौं ।’
राजधानीबाट





























प्रतिक्रिया