इजरायलविरुद्ध तत्काल कदम चाल्न इरानद्वारा संयुक्त राष्ट्रसंघलाई आह्वान

इजरायलविरुद्ध तत्काल कदम चाल्न इरानद्वारा संयुक्त राष्ट्रसंघलाई आह्वान

केन्द्रबिन्दु
93
Shares

तेहरान । इरानी विदेश मन्त्री अब्बास अराघचीले संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टानियो गुटेरेससँग फोन वार्तामा द्वन्द्व उक्साएकोमा इजरायली सेना विरुद्ध तत्काल कारबाही गर्न आग्रह गरेका छन् ।

फोन वार्तामा अराघचीले इजरायली आक्रमणले इरानको सार्वभौमिकता र क्षेत्रीय अखण्डताको अधिकारमाथी प्रहार गरेको उल्लेख गरेका हुन् । यसलाई उनले आफ्नो देश विरुद्धको स्पष्ट आक्रमणको रूपमा वर्णन गर्दै राष्ट्रसङ्घको बडापत्रको धारा–५१ अनुसार आफ्नो रक्षा गर्ने तेहरानको सङ्कल्पलाई पुष्टि गरे ।

उनले राष्ट्रसङ्घीय सुरक्षा परिषद् तथा समग्र संयुक्त राष्ट्र सङ्घले अन्तर्राष्ट्रिय शान्ति र सुरक्षा कायम गर्न आफ्नो जिम्मेवारी पूरा गर्नुपर्ने कुरामा जोड दिँदै आक्रमणको कडा निन्दा गरेका छन् । इरानमा भएको आक्रमणका लागि इजरायललाई जवाफदेही बनाउन तत्काल ठोस कदम चाल्नुपर्ने समेत उनले बताए ।

तेहरान र वासिङ्टनबीच वार्ता चलिरहेको समयमा इरानी आणविक सुविधाहरूलाई लक्षित गरी गरिएको आक्रमणको महासचिव गुटेरेसले निन्दा गरेका छन् । उनले तनाव रोकी यस क्षेत्रमा शान्ति र स्थिरता कायम गर्न संयुक्त राष्ट्र संघको पूर्ण क्षमता प्रयोग गर्ने बताएका छन् ।

Logo