आजदेखि बंगलादेशमा व्यवसायीक रुपमा विद्युत निर्यात सुरु

आजदेखि बंगलादेशमा व्यवसायीक रुपमा विद्युत निर्यात सुरु

केन्द्रबिन्दु
30
Shares

काठमाडौं । आज देखि बंगलादेशमा व्यवसायीक रुपमा विद्युत निर्यात सुरु भएको छ । सरकारले नेपालबाट भारतीय प्रसारणलाइन हुँदै ४० मेगावाट विद्युत बङ्गलादेश निर्यात सुरु गरेको हो ।

गत वर्ष कात्तिक १८ (जुलाई १५) मा पहिलोपटक १२ घण्टाका लागि भारतीय प्रसारण लाईन हुँदै बङ्गलादेश विद्युत निर्यात गरेको प्राधिकरणले यस वर्ष असार १ (जुन १५) अर्थात् आज राती १२ बजेदेखि पुनः ४० मेगावाट विद्युत निर्यात सुरु गरेको हो ।

गत वर्षको असोज १७ गते नेपाल विद्युत प्राधिकरण, बंगलादेश पावर डेभलपमेन्ट बोर्ड र एनटीपीसी विद्युत् व्यापार निगम लिमिटेड भारतबिच विद्युत विक्रि सम्झौतामा हस्ताक्षर भएसँगै अघिल्लो सिजनको अन्तिम दिन अर्थात् कात्तिक ३० गते दिउँसो १२ बजेदेखि राती १२ बजेसम्म करिब १२ घण्टामात्र विद्युत निर्यात भएको थियो ।

उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले वर्षायाममा नेपाललाई बढी भएको विद्युत छिमेकी मुलुक भारतसँगै बङ्गलादेशमा निर्यात गर्न पाउनु खुशीको क्षण भएको बताए । “बङ्गलादेशमा विद्युत निर्यात हुनु यस क्षेत्रमा लाग्ने समग्र व्यवसायी र नेपालको समृद्धिका लागि खुशीको कुरा हो,”– मन्त्री खड्काले भने ।

नेपालले हरेक वर्ष पाँच महिना बर्षाद्को समयमा बढी भएको बिजुली छिमेकी मुलुक भारतलाई निर्यात गर्दै आएको छ । गत वर्ष बङ्गलादेशसँग विद्युत निर्यात सम्झौता गरेको नेपालले त्यसवेला जम्मा १२ घण्टामात्र विद्युत निर्यात गर्न पाएको थियो । यो वर्षभने आजदेखि पाँच महिना निरन्तर बङ्गलादेशमा विद्युत निर्यात गर्नेछ ।

उर्जामन्त्री खड्काले हाम्रो उत्पादन निर्यात गरेर आयत घटाउनसक्ने प्रमुख क्षेत्र भनेको विद्युत क्षेत्र भएको बताए । नेपाल विद्युत प्राधिकरणले त्रिशुली जलविद्युत केन्द्रबाट उत्पादित १८ दशमलव ६० मेगावाट र चिलिमे जलविद्युत आयोजनाबाट उत्पादित २१ दशमलव ४० मेगावाट विद्युत निर्यात गर्न नेपाल, भारत र बङ्गलादेशबीच गतवर्ष सम्झौता भएको थियो ।

आजदेखि बङ्गलादेश निर्यात सुरु गरिएको विद्युत आगामी नोभेम्बर १५ सम्म निर्यात हुनेछ । पाँच महिनाको अवधिमा १४ करोड ६८ लाख ८० हजार युनिट विद्युत निर्यात हुने नेपाल विद्युत प्राधिकरणका विद्युत प्रणाली नियन्त्रण विभागका उप–प्रबन्धक सुवर्ण सापकोटाले जानकारी दिए ।

Skip This
Skip This
Logo