ट्रेड टावरको आईपीओ आज बाँडफाँड हुँदै

ट्रेड टावरको आईपीओ आज बाँडफाँड हुँदै

केन्द्रबिन्दु
3
Shares

काठमाडौं । ट्रेड टावर लिमिटेडको आईपीओ आज बाँडफाँड हुने भएको छ ।

कुल २१ लाख ७१ हजार १५४ आबेदकबाट २ करोड ५७ लाख ७९ हजार ७९० कित्ताका लागि आवेदन माग भएको यस कम्पनीको आईपीओको बाँडफाँड गोलाप्रथा विधिबाट हुनेछ ।

मागभन्दा बढी आवेदन परेका कारण गोला प्रथा विधिबाट आईपीओ बाँडफाँड हुने भएको हो ।

कम्पनीले गत जेठ १४ देखि २० गते सम्म सर्वसाधारणका लागि ३२ लाख ९६ हजार ५०६ कित्ता शेयर जारी गरेको थियो । मागभन्दा बढी आवेदन परिसकेकाले करिव १७ लाख आवेदकको हात खाली हुने छ ।

Logo