काठमाडौं
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले ओखलढुंगा, सिन्धुपाल्चोक र काठमाडौँमा गरी चार वटा एकीकृत बस्ती विकासका प्रारम्भिक योजना स्वीकृत गरेको छ । प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीको अध्यक्षतामा बसेको प्राधिकरणको कार्यकारी समितिको बैठकले यस्तो निर्णय गरेको प्राधिकरणले जनाएको छ ।
ओखलढुङ्गा जिल्लाको मोलुङ गाउँपालिका वडा नं. ३ फुँयाल गाउँस्थित फुँयाल गाउँ एकीकृत नमूना बस्तीलाई स्वीकृत गरेको छ । फुयालगाउँ एकीकृत नमूना बस्तीमा १२ घरधुरी हुने छन् ।
यसैगरी सिन्धुपाल्चोक जिल्लाको चौतारा साँगाचोकगढी नगरपालिका वडा नं. १४ झ्याडीटोलस्थित माझी बस्तीमा श्वेताश्री फाउण्डेसनको सहयोगमा बन्ने झ्याडीटोल एकीकृत माझी बस्तीको प्रारम्भिक योजनालाई स्वीकृत गरेको छ । यस एकीकृत बस्तीमा ५६ घरधुरी रहने छन् ।
यस्तै बैठकले सिन्धुपाल्चोक जिल्ला मेलम्ची नगरपालिका वडा नं १२ गिरान्चौरस्थित सामुदायिक पुनर्निर्माण पर्यटन प्रबन्धन परियोजना र काठमाडौँ जिल्ला शंखरापुर नगरपालिका वडा नं ७ पुखुलाछिस्थित सिर्जनशील एकीकृत बस्ती विकासको प्रारम्भिक योजनालाई स्वीकृत गरेको छ । गिरान्चौरस्थित सामुदायिक पुनर्निर्माण पर्यटन प्रवद्र्धन परियोजनामा १३५ घरधुरी र सिर्जनशील एकीकृत बस्ती विकासमा १६ वटा घरधुरी हुनेछन् ।
गोरखापत्रबाट































प्रतिक्रिया