काठमाडौं

मर्मतसम्भार नगरिएका र जथाभावी खनिएका सडकले दुर्घटना बढाएको छ  । पछिल्लो पाँच वर्षमा ७९ हजार ४ सय १७ सवारी दुर्घटना भए, जसमा १० हजार ७ सय २२ जनाले ज्यान गुमाए । "/>

जथाभावी खनिएका सडकले दुर्घटना बढायो : पाँच वर्षमा ७९ हजार दुर्घटना

जथाभावी खनिएका सडकले दुर्घटना बढायो : पाँच वर्षमा ७९ हजार दुर्घटना

केन्द्रबिन्दु
0
Shares

काठमाडौं

मर्मतसम्भार नगरिएका र जथाभावी खनिएका सडकले दुर्घटना बढाएको छ  । पछिल्लो पाँच वर्षमा ७९ हजार ४ सय १७ सवारी दुर्घटना भए, जसमा १० हजार ७ सय २२ जनाले ज्यान गुमाए । २० हजार १ सय ४६ गम्भीर घाइते भए  । साधारण घाइतेको संख्या ४० हजार ७ सय ५४ छ  ।

प्रहरीको ट्राफिक निर्देशनालयको तथ्यांक अनुसार हरेक वर्ष दुर्घटना बढ्दै छ । गत आर्थिक वर्ष ( ०७४,७५ ) मात्रै झन्डै दुई हजार सडक दुर्घटना भए, जसमा अढाइ हजारले ज्यान गुमाए ।

सिंचाइ मन्त्रालय अन्तर्गत जलउत्पन्न प्रकोप व्यवस्थान विभागमा कार्यरत वरिष्ठ भूगर्भविद श्रीकमल द्विवेद्वी पहिरो र सडक दुर्घटनाबाट वर्षेनी भौतिक र मानवीय क्षति बढ्नुमा अव्यवस्थित सडकको ठूलो भूमिका रहेको बताउँछन् ।

पहाडी क्षेत्रमा सडक बाहेकका यातायातका साधनको प्रयोग गर्नुपर्ने बताउँछन् वातावरणविद् भुषण तुलाधर । ‘हामीले सडक बाहेकका यातायातका साधनको सम्भाव्यता समेत हेर्नुपर्छ । स्वीट्जरल्याण्डमा अत्याधिक रोपवेको प्रयोग गरिएको छ ।

हाम्रा पहाडमा पनि रोपवेलाई प्रयोग गर्न सकिन्छ’, उनले भने, ‘सडकलाई मात्र यातायातको साधन ठानेका कारण दुईचार घरका लागि पहाड नै छियाछिया बनाइएको छ । विकट पहाडमा रोपवेलाई यातायातको साधनका रुपमा प्रयोग गर्ने लगायतका विकल्पमा हामीले पनि अध्ययन गर्नुपर्छ ।’
नयाँ पत्रिकाबाट

Logo