काठमाडौं

संघीय लिम्बुवान राज्य परिषदले आफूहरुले सरकारबाट वार्ताको लागि पठाईएको पत्र पाएको सुनाउँदै सरकारसँग वार्ता गर्न तयार रहेको स्पष्ट पारेको छ । "/>

संघीय लिम्बुवान राज्य परिषद सरकारसँग वार्ताका लागि तयार

संघीय लिम्बुवान राज्य परिषद सरकारसँग वार्ताका लागि तयार

केन्द्रबिन्दु
0
Shares

काठमाडौं

संघीय लिम्बुवान राज्य परिषदले आफूहरुले सरकारबाट वार्ताको लागि पठाईएको पत्र पाएको सुनाउँदै सरकारसँग वार्ता गर्न तयार रहेको स्पष्ट पारेको छ ।

आईतबार अपरान्ह रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मलेन गरेर परिषदले यस्तो जानकारी गराएको हो । यद्धपी सरकारसमक्ष विभिन्न मागहरु तेर्साएको छ । परिषदले अघि सारेका मागको पहिलो नम्बरमा भनिएको छ , ‘ऐतिहासिक पृष्ठभूमिको आधार मान्दै वि.सं. १८३१ अगाडि हालको अरुण÷कोशी, पारीका नौ जिल्ला लिम्बुवान भनिएकोले २०६४ चैत्र ६ को सम्झौता बमोजिम आत्मनिर्णयको अधिकारसहित स्वायत्त लिम्बुवान राज्यको घोषणा गरियोस् ।’

परिषदका तर्फबाट वार्ता टोलीका संयोजक सञ्जुहाङ पालुङ्वाले गणतन्त्र नेपालको औपनिवेशक चरित्र अन्त्य गर्न लिम्बुवान लगायत आदिवासी जनजाति, मधेशी, दलित, मुस्लिम उत्पीडित जनताको अनौपचारिक सत्तालाई ईन्ट्रिगेट गर्न संविधान पूनर्लेखन गर्नुपर्ने माग गरे । उनले आफूहरुसँग राज्यले यसअघि गरेका सम्पूर्ण सम्झौताहरु कार्यान्वयन गर्नुपर्ने पनि माग गरे ।

परिषदले वस्तुगत रुपले नेपालको यथार्थता भनेको वहुल राष्ट्रियता भएको बताएको छ । उसले जारी गरेको विज्ञप्तीमा भनिएको छ, ‘संघीय लिम्बुवान राज्य परिषदले बहुलराष्ट्रिय लोकतन्त्रको वकालत गर्दै आएकोले नेपाललाई बहुल राष्ट्रिय राज्यको रुपमा रुपान्तरण गरियोस ।’
राजधानीबाट

Logo