काठमाडौं

नेविसंघमा ३२ वर्षे उमेरहद कायम भएको छ । विधान र नियमावलीको अन्तिम टुंगो लगाउन सिफारिस गर्दा नेविसंघको नेतृत्वले ३२ वर्षे उमेरहद हटाउन प्रस्ताव गरे पनि पार्टी नेतृत्वले पहिलेकै व्यवस्था अनुसार ३२ वर्षे उमेरहद कायम नै रहने निर्णय गरेको छ । "/>

नेविसंघमा ३२ वर्षे उमेरहद लाग्ने भएपछि केहि नेताहरुको नोट अफ डिसेन्ट

नेविसंघमा ३२ वर्षे उमेरहद लाग्ने भएपछि केहि नेताहरुको नोट अफ डिसेन्ट

केन्द्रबिन्दु
0
Shares

काठमाडौं

नेविसंघमा ३२ वर्षे उमेरहद कायम भएको छ । विधान र नियमावलीको अन्तिम टुंगो लगाउन सिफारिस गर्दा नेविसंघको नेतृत्वले ३२ वर्षे उमेरहद हटाउन प्रस्ताव गरे पनि पार्टी नेतृत्वले पहिलेकै व्यवस्था अनुसार ३२ वर्षे उमेरहद कायम नै रहने निर्णय गरेको छ । अब नेविसंघमा ३२ वर्ष कटेका कुनै पनि नेताले महाधिवेशनमा प्रतिस्पर्धा गर्न पाउने छैनन् ।

आइतबार दिउँसो ४ बजे देखि राति साढे १० बजेसम्म बसेको केन्द्रीय समितिको बैठकले नेविसंघको १२ औँ महाधिवेशन उमेरहद लगाएरै गर्ने निर्णय गरेको हो । ३२ वर्षे उमेरहद लगाउने वा नलगाउने भन्नेमा नेताहरू बीच मत बाझिँदा मध्यरातसम्म छलफल लम्बिएको थियो । केही दिन छलफल गरेर मात्र विधानको टुंगो लगाउने कि आइतबारै टुंग्याउने भन्नेमा नेताहरूबीच मत बाझिएको हो ।

पौडेल र सिटौला पक्षले नेविसंघको विधानमा पर्याप्त छलफल गर्न माग गरेका थिए । रामचन्द्र पौडेल, प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला र अर्जुन नरसिंह केसीले विधानमा पर्याप्त छलफल गर्न नपाएको भन्दै बैठकको निर्णयमा ‘नोट अफ डिसेन्ट’ लेखेको नेविसंघका पूर्वसभापति समेत रहेका केन्द्रीय सदस्य प्रदीप पौडेलले जानकारी दिए । डा. महतलाई नेविसंघका विषयमा सामान्य समन्वय गर्न जिम्मेवारी दिए पनि उनले मनोमानी गरेको आरोप अर्को पक्षको छ ।

आइतबारको बैठकमा ३३ केन्द्रीय सदस्यले बोलेका थिए । नेविसंघको १२ औँ महाधिवेशन १६ कात्तिक देखि तोकिएको छ । तर समयमा विधान नटुंगिँदा तल्लो तहका अधिवेशन प्रभावित भइसकेका छन् । यसकारण अब निर्धारित समयमा महाधिवेशन हुने सम्भावना कम छ ।
नयाँ पत्रिकाबाट

Logo