सुर्खेत
कर्णाली प्रदेश सरकारले चालू आर्थिक वर्षको बजेट सार्वजनिक गरेको चार महिना पूरा हुन लाग्दा पनि विकास बजेटको एक रुपैयाँ पनि खर्च गर्न सकेको छैन ।
संरचना र कर्मचारी अभावमा चालू आर्थिक वर्षको हालसम्म विकास बजेटको एक रुपैयाँ समेत खर्च गर्न नसकिएको आर्थिक मामिला तथा योजना मन्त्रालयले जनाएको छ ।‘ कर्मचारीहरु अझै पनि पूर्णरुपमा भौतिक संरचना प्रदेश मातहत नआएकाले विकास बजेट खर्च गर्न सकेका छैनौं , आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले भने, ‘अहिलेकै अवस्थालाई हेर्ने हो भने विकासका लागि छुट्याइएको बजेट पूर्ण कार्यान्वयन हुने अवस्था देखिँदैन ।’
मन्त्रालयले असार १ गते २८ अर्ब २८ करोड २८ लाख २८ हजार बजेट सार्वजनिक गरेको थियो । जसमध्ये २१ अर्ब २३ करोड ४३ लाख ४३ हजार विकास बजेट हो । प्रदेश सरकारले आर्थिक वर्ष २०७४,०७५ को अन्तिम चौमासिकमा सार्वजनिक गरेको बजेट पनि खर्च गर्न सकेको थिएन । भौगोलिक विकटता, संघीय सरकारले खटाएका कर्मचारी कर्णाली प्रदेशमा नआउनु र समयमै भौतिक संरचना प्रदेश सरकार मातहत नआएका कारण बजेट खर्च गर्न नसकिएको मन्त्रालयले जनाएको छ । मन्त्री ज्वालाले चालू आर्थिक वर्षको मंसिर देखि जेठ सम्मको सात महिनामा विकास बजेट पूर्णरुपमा कार्यान्वयन गर्ने दावी गरे ।
‘असारे विकासलाई रोक्नका लागि जेठ भित्र विकास बजेट कार्यान्वयन गरिसक्ने सरकारको लक्ष्य छ ’ आइतवार पत्रकार भेटघाट कार्यक्रममा मन्त्री ज्वालाले भने, ‘सात महिना भित्र विकास बजेट पूर्णरुपमा कार्यान्वयन गछौं ।
नागरिकबाट































प्रतिक्रिया