पोखरा । विश्व प्रसिद्ध मोटरसाइकल ब्रान्ड ट्रायम्फले पोखरामा आफ्नो नयाँ शोरुमा सञ्चालनमा ल्याएको छ ।
ट्रायम्फ मोटरसाइकलको नेपालका लागि आधिकारिक बिक्रेता हंशराज हुलाशचन्द एण्ड कम्पनीले पोखरामा इच्छाशक्ति अटोमोबाइलसँगकाे सहकार्यमा नयाँ शोरुमा सञ्चालनमा ल्याएको हो ।
इच्छाशक्ति अटोमोबाइल पोखराका लागि बजाज मोटरसाइकलको बिक्रेता समेत हो ।
बिक्री सुरु गरेको पहिलो दिनमै ५० युनिट ट्रायम्फ मोटरसाइकल ग्राहकलाई हस्तान्तरण गरिएको र पोखरेली मोटरसाइकल प्रेमीले यस ब्रान्डलाई निकै रुचाएको च्छाशक्ति अटोमोबाइकका संचालक आगेशमान बुद्धाचार्यले बताए ।
उक्त कार्यक्रममा बोल्दै ट्रायम्फ नेपालका म्यानेजर सागर थापाले पोखरेली मोटरसाइकल प्रेमीहरूसँग दीर्घकालीन सम्बध बनाउनका लागि ट्रायम्फ तयार रहेको बताए ।































प्रतिक्रिया