अकल्याण्ड सिटीकाे पाेष्टमा बायर्नकाे १० गाेल, मुसियालाकाे ह्याट्रिक

अकल्याण्ड सिटीकाे पाेष्टमा बायर्नकाे १० गाेल, मुसियालाकाे ह्याट्रिक

केन्द्रबिन्दु
39
Shares

काठमाडौं । बायर्न म्युनिखले फिफा क्लब विश्वकपमा अकल्याण्ड सिटीमाथि फराकिलो जित दर्ता गरेकाे छ ।

समूह ‘सी’ अन्तर्गतको यो खेलमा बायर्नले उत्कृष्ट प्रदर्शन गर्दै अकल्याण्ड अकल्याण्ड सिटीमाथि १०-० को प्रभावशाली जित दर्ता गरेको हाे ।

खेलमा बायर्नका लागि किङ्स्ले कोमानले छैटौं र २१औं मिनेटमा गरी दुई गोल गरे । साचा बोइले १८औं मिनेटमा गोल थपे भने, माइकल ओलिसेले २०औं मिनेट र पहिलो हाफको अतिरिक्त समयको तेस्रो मिनेटमा गरी दुई गोल गरे ।

पहिलो हाफमा ५-० को अग्रता लिएको बायर्नले दोस्रो हाफमा पनि गोल वर्षा जारी राख्यो । थोमस मुलरले ४५औं र ८९औं मिनेटमा दुई गोल गरे । जमल मुसियालाले ६७औं मिनेटमा, ७३औं मिनेटमा पेनाल्टीमार्फत र ८४औं मिनेटमा गरी ह्याट्रिक पूरा गरे ।

यो जितसँगै बायर्न म्युनिखले फिफा क्लब विश्वकपमा आफ्नो बलियो उपस्थिति देखाएको छ ।

Skip This
Skip This
Logo