एमालेनिकट कानुन व्यवसायीहरूको अध्यक्षमा अमर थापा निर्वाचित, कुन पदमा को ? [सूची]

एमालेनिकट कानुन व्यवसायीहरूको अध्यक्षमा अमर थापा निर्वाचित, कुन पदमा को ? [सूची]

केन्द्रबिन्दु
33
Shares

काठमाडाैं । नेकपा एमालेनिकट कानुन व्यवसायीहरूको संगठन (पिपिएलए) को अध्यक्षमा अमर थापा निर्वाचित भएका छन्।

आइतबार काठमाडौंमा भएको निर्वाचनमा थापाले २५६ मत ल्याउदै निर्वाचित भएका हुन् । उनीसंग प्रतिस्पर्धी गर्ने ओमप्रसाद थपलियाले २१३ मत पाए ।

उपाध्यक्ष खुलामा भीमसेन बञ्जारा निर्विरोध भएका थिए भने महिलातर्फ उपाध्यक्षमा यशोदादेवी खरेल निर्वाचित भइन्। उनले ३०५ मत ल्याइन्। प्रतिस्पर्धी हिमादेवी बस्नेतले १५२ मत ल्याइन्। महासचिवमा भुवनप्रसाद निरौला १६३ मत ल्याएर निर्वाचित भएका छन। त्यसैगरी उपमहासचिवमा बाबुराम राई २१७ मतका साथ विजयी हुँदा बालकृष्ण आचार्यले १२१ र सहकुल खत्रीले ११८ मत पाए ।

सचिवमा युवक कुमार गौतम १३९ र मुकुन्द प्रसाद अधिकारी १३१ मतका साथ विजयी भए । अधिकारी र हरिप्रसाद मैनालीको समान १३१ मत आएको भएपनि गोलाबाट अधिकारी विजयी भएका हुन् ।

सचिवमा अनिता गुरुङ २२७ मतका साथ विजयी हुँदा राधिका खतिवडाले २२२ मत पाइन् ।

मत परिणामसहित-

Logo