काठमाडौं । श्रमजीवी पत्रकारको पारिश्रमिकमा २५ प्रतिशत वृद्धि गर्ने सरकारले निर्णय गरेको छ। आइतबार बसेको मन्त्रिपरिषद बैठकले श्रमजीवी पत्रकारको पारिश्रमिकमा २५ प्रतिशत वृद्धि गर्ने निर्णय भएको सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री गोकुल बाँस्कोटाले जानकारी दिए ।
यसअघि श्रमजिवी पत्रकारको न्युनतम पारिश्रमिक १९ हजार ५ सय रहेको थियो । यो निर्णयसँगै २४ हजार ३ सय न्यूनतम पारिश्रमिक हुनेछ। सबै श्रमजिवी पत्रकार तथा सञ्चार क्षेत्रमा काम गर्ने कर्मचारीहरुका लागि यो निर्णय कात्तिक १ देखि लागू हुनेछ।
यस्तै मन्त्रिपरिषदले गोरखापत्र संस्थानको अध्यक्षमा वरिष्ठ पत्रकार कृष्णमुरारी भण्डारीलाई नियुक्त गरेको छ। यस्तै मन्त्रिपरिषदले नागरिक लगानी कोषको सञ्चालकमा रामचन्द्र भट्टराईलाई नियुक्त गरेको छ। उखु किसान र चिनिको समस्याबारे जाँचबुझ गर्न सात सदस्यीय समिति समेत मन्त्रिपरिषदले गठन गरेको छ।





























प्रतिक्रिया