काठमाडौं । टि-ट्वान्टी विश्व कप अन्तर्गत एसिया छनोटको समूह ‘बी’ को खेलमा नेपालले थाइल्यान्डलाई १७३ रनको चुनौती दिएको छ । टस हारेर व्याटिङको निम्तो पाएको नेपालले पुरै २० ओभरमा ७ विकेटको क्षतिमा १७२ रन बनायो ।
नेपालका लागि करण केसीले सर्वाधिक ४० रनको योगदान दिए । करनले १४ बलमा ४० रन जोडेर नट आउट रहे । त्यस्तै सरद भेषवाकरले २८ बलमा ३४ रन जोडे । ओपनर व्याट्सम्यान अनिल कुमार साहले १७ बलमा २५ रन जोडे । अर्का ओपनर व्याट्सम्यान विनोद भण्डारीले ८ बलमा १५ रनको योगदान दिए ।
दिपेन्द्रसिंह ऐरी, २६ बलमा ३० रन, आरिफ सेख ९ बलमा ८ रन, कप्तान पारस खड्का ७ बलमा ५ रन, उपकप्तान ज्ञानेन्द्र मल्ल ७ बलमा ७ रन बनाएर आउट भए । भने ४ बलमा ४ रन जोडेका सोमपाल कामी नट आउट रहे ।































प्रतिक्रिया