काठमाडौं । प्रहरी प्रमुख आईजीपी सर्वेन्द्र खनालले प्रहरी संगठनभित्र रहेका किरा धमिरा पिटेर फाल्ने बताएका छन् । पछिल्लो समय प्रहरी संगठन दिन प्रतिदिन बदनाम हुँदै गईरहेको बेला प्रहरी प्रमुखले कडा प्रतिक्रिया दिएका हुन् । "/>

आईजीपी सर्वेन्द्र खनाल भन्छन्, ‘अब प्रहरी संगठनभित्रका किरा धमिरा फाल्छु’

आईजीपी सर्वेन्द्र खनाल भन्छन्, ‘अब प्रहरी संगठनभित्रका किरा धमिरा फाल्छु’

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । प्रहरी प्रमुख आईजीपी सर्वेन्द्र खनालले प्रहरी संगठनभित्र रहेका किरा धमिरा पिटेर फाल्ने बताएका छन् । पछिल्लो समय प्रहरी संगठन दिन प्रतिदिन बदनाम हुँदै गईरहेको बेला प्रहरी प्रमुखले कडा प्रतिक्रिया दिएका हुन् ।

केही धमिराका कारण सिंगो प्रहरी संगठन बदनाम भईरहेको स्वीकार गर्दै त्यस्ता धमिरालाई टिपेर फाल्ने बताएका हुन् । कञ्चनपुरकी निर्मला पन्तको बलात्कारपछि हत्याको घटनामा अपराधीलाई कारबाही गर्नुपर्ने प्रहरी स्वयं प्रमाण नष्ट गर्न लागेको भन्दै आलोचित भइरहेको बेला खनालले संगठनभित्रका धमिरा फाल्ने बताए ।

प्रहरी दिवस रनिङ कप भलिबलको समापन कार्यक्रमलाई आइतबार सम्बोधन गर्दै आईजीपी खनालले आफू प्रहरीभित्र रहेका किरा धमिरा टिपेर फाल्न लागिपरेको बताए । ‘केही पदाधिकारीले गर्दा तपाईं हामी र सिंगो संगठनमाथि नै लान्छना आउने गरेको छ,’ उनले भने, ‘त्यस्ता किरा धमिरा टिपेर फाल्न लागिपरेको छु । यसमा सबैको साथ सहयोग रहन जरुरी छ ।’

प्रहरीले कुनै गल्ती गर्नु हुँदैन भन्ने अपेक्षा जनताको रहेको भन्दै उनले भने, हरेकले म प्रहरी हुँ, राम्रो गर्नुपर्छ र गलत बाटोमा लागेको साथीलाई सच्याउनुपर्छ’, भन्ने भावनाले काम गर्नुपर्नेमा जोड दिए ।

 

Skip This
Skip This
Logo