काठमाडौं । स्कटल्यान्डमा जारी त्रिदेशीय टी २०आई सिरिजको आफ्नो पहिलो खेलमा नेपालले नेदरल्यान्ड्सविरुद्ध पहिले फिल्डिङ गर्ने भएको छ । ग्लासग्लोस्थित तितवूड मैदानमा नेपालले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय लिएको हो ।
नेपाल आज नेदरल्यान्ड्सलाई हराउँदै सिरिजको सुखद् सुरुवात गर्न चाहन्छ । तर, यता पहिलो खेलमा हार व्यहोरिसकेको नेदरल्यान्ड्स आज जितको खोजीमा हुनेछ । आइतबार भएको उद्घाटन खेलमा घरेलु टोली स्कटल्यान्डले नेदरल्यान्ड्सलाई ३९ रनले हराएको थियो ।





























प्रतिक्रिया