काठमाडौं । धरान उपमहानगरपालिकाका उपमेयर आइन्द्र विक्रम वेघामाथि हातपातको प्रयास भएको छ ।
श्रमदानको प्रचार गरिएको काममा समिति बनाएर पेश गरेको बिल पास नगरेको भन्दै मेयर हर्क साम्पाङकै समर्थकले हातपात प्रयास गरेका हुन् ।
श्रमदानको प्रचार गरिरहेका मेयर साम्पाङले पछि उपभोक्ता समिति मार्फत फरफारकका लागि बिल ल्याएका थिए । जहाँ १७ लाखको काम सात लाख रुपैयाँमा काम सम्पन्न भएको भनिएको थियो । तर, आफूलाई थाहा नभई उपभोक्ता समिति बनाएको भन्दै मेयर बेघाले अनुगमन गरेका थिएनन् । अनुगमन समेत नभएपछि रकम निकास रोकिएको थियो ।
सोमबार आर्थिक वर्ष २०८२/०८३ को बजेको सीमा निर्धारण सम्बन्धी बैठकमा समेत नगएका मेयर साम्पाङले आफ्ना समर्थकको हुल हुज्जत गराएर आफूमा आक्रमणको प्रयास भएको उपमेयर वेघाको आरोप छ ।































प्रतिक्रिया