वासिंटन डिसी

अमेरिका धेरैको सपनाको भूमि हो । तर अमेरिका पुग्न सजिलो छैन । मानव तस्करले मोटो रकम लिएर थुप्रै नेपालीलाई स्थलमार्गबाटै अवैध रूपमा अमेरिका पठाउने धन्दा रोकिएको छैन । "/>

रोजगारीका लागि अवैध रूपमा पैदलमार्गबाट अमेरिका जानेहरु बढ्दै

रोजगारीका लागि अवैध रूपमा पैदलमार्गबाट अमेरिका जानेहरु बढ्दै

केन्द्रबिन्दु
0
Shares

वासिंटन डिसी

अमेरिका धेरैको सपनाको भूमि हो । तर अमेरिका पुग्न सजिलो छैन । मानव तस्करले मोटो रकम लिएर थुप्रै नेपालीलाई स्थलमार्गबाटै अवैध रूपमा अमेरिका पठाउने धन्दा रोकिएको छैन ।

अवैध गमन रोक्न सरकारले यसअघि प्रयास गरेको भए पनि कूटनीति र अन्तर्निकाय समन्वय अभाव रहेको परराष्ट्र अधिकारी नै स्विर्काछन् । ‘एक निकायले मात्र यो रोक्नै सक्दैन, सहकार्यबाट सम्भव छ,’ ती कूटनीतिज्ञले भने, ‘लाखौं खर्चेर ‘ल्यान्ड अफ अपरचुनिटी’ मानिने मुलुक अमेरिका प्रवेशमा लालायित युवाको जमात दिनप्रतिदिन बढ्दो छ ।’

केही सरकारी अधिकारीकै मिलेमतोमा यस्तो धन्दा भएको आशंका अमेरिकाले नेपाली कूटनीतिज्ञ समक्ष भन्न थालेका छन् । सरकारलाई दिएको जानकारी दलालकहाँ पुग्ने र रुट परिवर्तन हुने गरेको अध्ययनले देखाएपछि अमेरिकी अधिकारी सशंकित भएका हुन् ।

कतिपय मध्य अमेरिकी मुलुकबाट नेपालीलाई फिर्ता गर्ने प्रक्रिया अघि बढाइएको थियो । त्यो जानकारी पाएर दक्षिण अमेरिकातर्फबाट अर्को यात्रा तय गरेको पनि अमेरिकी अधिकारीलाई उद्धृत गर्दै एक नेपाली कूटनीतिज्ञले सुनाए ।

अन्य मुलुकको नागरिक समेत नेपाली भनेर जान थालेका छन् । नेपाली कूटनीतिक निकाय सक्रिय भएर अध्ययन अनुसन्धान गर्नु पर्ने हो । तर उल्टै दक्षिण र मध्य अमेरिकी मुलुकका अधिकारीलाई नसघाएकै कारण नेपाली अलपत्र पर्ने गरेको अमेरिका प्रवेश गर्नेको अनुभव छ ।

अमेरिका पुर्‍याउने मानव तस्कर गिरोहले फरकफरक रुट अनुरूप नेपालीलाई अमेरिका छिराउने गरेकाले पक्राउ पर्ने घटना अहिले कम भएको छ । जानेको संख्या भने बढेको छ । अन्र्तराष्ट्रिय माफियाले काठमाडौंबाट कहिले कतार, अफ्रिका र ल्याटिन अमेरिकी राष्ट्र हुँदै मेक्सिकोबाट अमेरिका छिराउँछन् । कहिले भारत र दक्षिणपूर्वी एसियाली राष्ट्र अनि अफ्रिका हुँदै दक्षिण र मध्य अमेरिकी मुलुकबाट मेक्सिको पुर्‍याएर अमेरिका छिराउने गरेका छन् ।

एकै रुटबाट लैजाँदा बाटोमा पक्राउ पर्ने र डिपोर्ट हुने भएपछि फरकफरक रुटबाट लैजाने गरेको जानकारी दूतावासले सरकारलाई गराएको छ । उनीहरूले कहिले कतार, अबुधाबी तथा कहिले दिल्ली, थाइल्यान्ड, सिंगापुर लगायतबाट पनि लैजाने गरेका छन् ।

अमेरिकाको लागि नेपाली राजदूत डा. अर्जुन कार्कीले भने, ‘अवैध मार्गबाट आउनेलाई रोक्ने प्रयास हदै सम्म गरिएको छ तर नेपालीहरू अनेक उपाय लगाएर आइरहेका छन् ।’ कार्कीले यसरी आउने क्रम घटेको दाबी गरे । उनै मातहतका अधिकारीले भने समस्या विकराल रहेको सुनाए । उनले नेपालीहरू प्रवेश गर्ने विषयमा प्रधानमन्त्री केपी ओलीलाई पनि जानकारी दिएका थिए ।
अन्नपूर्णबाट

Logo