एजेन्सी । पाकिस्तान सरकारले विदेशी संघसंस्थालाई देश छोड्न निर्देशन दिएको छ । प्रधानमन्त्री ईमरान खानले देशमा काम गरिरहेको विदेशी संघसंस्था (एनजीओ) लाई ६० दिनभित्र देश छोड्न निर्देशन दिएका हुन् । "/>

६ महिनाभित्र देश छोड्न एनजीओलाई पाकिस्तान सरकारको निर्देशन

६ महिनाभित्र देश छोड्न एनजीओलाई पाकिस्तान सरकारको निर्देशन

केन्द्रबिन्दु
0
Shares

एजेन्सी । पाकिस्तान सरकारले विदेशी संघसंस्थालाई देश छोड्न निर्देशन दिएको छ । प्रधानमन्त्री ईमरान खानले देशमा काम गरिरहेको विदेशी संघसंस्था (एनजीओ) लाई ६० दिनभित्र देश छोड्न निर्देशन दिएका हुन् ।

एनजीओले गर्दै आएका सबै काम बन्द गरेर देश छोड्न भनेका हुन् । तर एनजीओहरुले यस निर्देशनको कडा विरोध जनाएका छन् । यो निर्देशनबाट प्रभावित संगठन एक्शन एड ले सरकार यो फैसला नागरिकको आवाज दबाउन गरिरहेको आरोप लगाएको छ ।

पाकिस्तानको गृहमन्त्रालयले भने यस विषयमा कुनै प्रतिक्रिया दिएको छैन् । सरकारतर्फबाट एक्शन एड लाई पठाईएको पत्रमा भनिएको छ की ६ महिनामा दोस्रो पटक रजिस्ट्रेशनको लागि आवेदन दिन सकिन्छ ।

सरकारको यो फैसला तब आयो जब देशमा मानवअधिकार उल्लंघनको मामला तथा प्रेस स्वतन्त्रतामाथि अंकुश लगाउँदै गयो ।

Logo